थाइल्याण्डको पटाका गोदाममा आगलागि नौ जनाको मृत्यु, सय जना भन्दा धेरै घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाण्डौँ । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

सुङ्गाई गोलोक नामक सहरमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ। विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस