आजको शेयर बजार : नेप्से २६.१४ अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १४, आईतबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १४, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज १४ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा सोल्टी होटल र एभरेष्ट बैंकको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस