हेटौडा बजारको सडक विस्तार तत्काललाई रोकियो

Post Thumbnail

साउन १५,हेटौडा । सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण सडक डिभिजन कार्यालय हेटौंडाले साउन १५ गतेबाट विस्तार गर्ने भनिएको सडक तत्काल नहुने जनाएको छ । कार्यालयले सूचना जारी गरेको समय सीमा आजबाट सकिने भएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो ।

यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजेशकुमार यादबका अनुसार सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको हो ।

‘हामीले सम्पूर्ण तयारी गरेका थियौं । तर, सर्वोच्च अदालतले नै छलफल बोलाएपछि काम प्रभावित भएको हो । हेरौं कस्तो आदेश अदालतबाट आउँछ ।’, उनले अदालतको आदेश अनुसार निर्णय गरेर अगाडि बढ्ने जनाए । उनले अदालतमा छलफलका लागि आइतबार काठमाडौं पुगेको जनाएका छन् । ‘म दुईदिनदेखि यसै विषयमा छलफल गर्न काठमाडौंमा छु । महान्याधिवक्ताको कार्यालयसँग परामर्श गरिरहेको छु । हामीले त्रास फैलाएर सडक विस्तार गर्न लागेका होइनौं ।’, यादवले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस