‘समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट’ : प्रचण्ड

Post Thumbnail

जेठ २९,महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताए ।

नेकपा महोत्तरीले  जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताए । “मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा हाम्रो पार्टीको सरकार छ”,अध्यक्ष दाहालले भने, “अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई छैन ।”

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उनको टिप्पणी थियो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब चाँडै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी आधार तयार गर्न सरकार लागिपरेको बताए। यद्यपि कुनै अङ्गीकृत नागरिक मुलुकको उच्च पदमा जान पाउने कुरामा आफ्नो पार्टी र सरकार नरहेको उनले स्पष्ट पारे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकार रुग्ण बनाइएका उद्योग पुनःसञ्चालनमा ल्याउन र ग्रामीण भेकमा लघुउद्योग स्थापना गरेर रोजगारीका नयाँ सम्भावना बढाउन प्रतिबद्ध रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस