‘निःशुल्क बस चलाएर स्वतन्त्र पार्टीले सस्तो लोकप्रियता खोज्यो’ : महासचिव पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १८, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन् ।

‘पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ ? भन्ने प्रश्न जागृत भएको छ,’ उनले लेखेका छन् ।

‘सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश’ भन्ने शिर्षकमा सो सन्दर्भ जोडेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस