पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । क्रिकेटर ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । मल्लले आज पत्रकार सम्मेलन गरेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व समेत सम्हालिसकेका मल्लको पछिल्लो पटक नेपाल क्रिकेट एशोसियसनका पदाधिकारीसँग मनमुटाव भएको थियो । त्यसपछि उनलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई ल्याइएको थियो ।

मल्लले नेपालका लागि ३७ वटा अन्तराष्ट्रिय एकदिवशीय म्याच खेलेर ८७६ रन बनाएका छन् । त्यसमा सातवटा अर्धशतक थिए । टि(२० अन्तराष्ट्रियमा ४५ खेल खेलेका उनले ८८३ रन बनाएका थिए । त्यसमा १ शतक र दुई अर्धशतक समेत सामेल छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस