पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष कैद सजाय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौँ । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ ।

इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आउनुएको छ । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस