काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (९ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु(छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस