सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गयो

साउन २३,सल्यान । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ ।

शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ ।

छोरा नवीनलाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply