आज सुनचाँदीको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण २३, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २३,काठमाडौँ । आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस