नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २३, मंगलबार (९ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २३,काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९:३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर दुईतर्फि सडक अवरुद्ध भएको थियो ।

सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस