आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०८० श्रावण २४, बुधबार (९ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २४,काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम गर्दैछ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

आदिवासी जनजाति ऐन २०७४ अनुसार आदिवासी जनजाति भन्नाले आदिवासी जनजाति आयोगको सिफारिसमा नेपाल सरकारले तोकेको जाति वा समुदायलाई बुझाउँछ ।

आयोगमा अहिलेसम्म विभिन्न ६० वटा आदिवासी जातजाति सूचीकृत छन् । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा नेपालमा १ सय ४२ जातजाति रहेका छन् ।

यसैबीच कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस