आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण २६, शुक्रबार (९ महिना अघि)
  • १० पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौँ । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ ।

शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो । यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।्

ताजा अपडेट

खोजी गर्नुहोस