क्यान्सरको उपचारमा प्रयोग हुने लोठसल्ला प्रतिकेजी १५ लाखसम्ममा बिक्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १७, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १७, काठमाडौं । विश्वमै संकटग्रस्त बनस्पतीको रुपमा रहेको क्यान्सर रोगको उपचारमा उपयोगी ‘माइरेई’ लोठसल्लाको नेपालमा गणना सुरु भएको छ।
नेपालको काभ्रे, सिन्धुली र मकवानपुर जिल्लामा मात्र पाइने लोठसल्लाको ग्रीनहुड नेपाल काठमाडौंले अनुसन्धान सुरु गरेको छ ।

काभ्रेको बेथानचोकमा यसको नर्सरी स्थापना गरी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुँदै आएको छ।

तर, फर्माकम्पास डटकमका अनुसार भारतले ताइबानमा प्रशोधन गरेर प्रतिकेजी झण्डै १५ लाख अर्थात् १३ हजार ५ सय २२ डलरमा बिक्री गरिरहेको छ।

क्यान्सर उपचारको लागि प्रयोग हुने ट्याक्ससोल केमिकल बनाउन लोठसल्लाको प्रयोग हुन्छ।

५ देखि १० वर्षमा पात निकाल्न सकिने र ठूलो रुख हुन लामो समय लाग्ने यसको रुख विगतमा भैंसीको किलो र घर निर्माणमा उपयोग हुँदै आएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस