भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियममा सर्वसाधारणलाई आईपीओ खुला गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण २९, सोमबार (९ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ भदौदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस