आजको शेयर बजार न्यून अङ्कले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण २९, सोमबार (८ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस