अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २९,काठमाडौँ । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस