पकिस्तानी क्रिकेटर वाहब रियाजले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाण्डौँ । पाकिस्तानका तिब्र गतिका बलर वाहब रियाजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले १५ वर्षे पाकिस्तानको राष्ट्रिय टोलीबाट क्रिकेट खेलेका छन् ।

उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि फ्रेन्चाइज क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।
उनले आफ्नो ट्विटरमा सन्यासको घोषणा गरेका हुन् ।

उनले ट्विटरमा लेख्दै पाकिस्तान क्रिकेट बोर्ड, प्रशिक्षक, सहकर्मी, समर्थक लगायतलाई धन्यवाद पनि दिएका छन् ।
वाहावले पाकिस्तानका लागि २७ टेस्ट, ९१ एक दिवसीय क्रिकेट र ३६ टी–२० खेलेको छन् ।

उनी सन् २०२० यता पाकिस्तानको राष्ट्रिय टोलीमा अटाएका छैनन् ।
वाहावले टेस्ट क्रिकेटमा ८३ विकेट लिएका छन् । त्यस्तै पाकिस्तानको राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा १२० र अन्तराष्ट्रिय टी–२० मा ३४ विकेट लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस