सिङ्गापुरमा १ अर्ब डलर बराबरको कालो धन जफत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ३२,काठमाडौँ । सिङ्गापुर प्रहरीले “मनी लाउन्डरिङ” अर्थात् कालो धनविरुद्ध चलिरहेको अभियानअन्तर्गत छापा मारेर एक अर्ब डलर बराबरको सम्पत्ति जफत गरेको छ । नेपालीमा यो रकम एक खर्ब ३३ अर्ब रुपैयाँ हुन आउँछ ।

जफत भएका सम्पत्तिहरूमा महँगा कार, विलासी घरसहित नगद रकम समावेश छ । कालो धनविरुद्धको अभियानअन्तर्गत एक अर्ब डलरको सम्पत्ति जफत भएको घटनामा अहिलेसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानीसमेत बरामद गरेको छ । पक्राउ परेकाहरू चीन, कम्बोडिया, टर्की र भानुआतुजस्ता देशका नागरिक भएका बीबीसी हिन्दीले जनाएको छ ।

सिङ्गापुरमा यस प्रकारको छापा बिरलै हुने गरेको छ, किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ । सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले सिङ्गापुर अपराधीहरूका लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग हुने कुरा स्वीकार्य नभएकाले यो अभियान चलाइएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस