गजुरी गाउँपालिकाको विज्ञप्ति: अल्पकालीन कर्मचारी व्यवस्थापनलाई भ्रम छर्ने काम भयो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० श्रावण ३२, बिहिबार (९ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ३२,काठमाडौँ । गजुरी गाउँपालिकाले आफ्नो मातहत रहेका करारका कर्मचारी सरुवा गरेर विभिन्न विद्यालय तथा मतहतका कार्यलयमा खटाउने निर्णय सार्वजनिक गरेपछि सामाजिक संजालमा खैलाबैला मच्चिएको छ । वास्तविकता नबुझी सामाजिक संजालमा अनेकौं खालका टिक टिप्पणी आउन थालेपछि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई अल्पकालीन व्यवस्थापन गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठद्वारा जारि गरिएको विज्ञप्तिमा मिति २०८० साल असार ३१ गते बसेका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार कर्मचारी व्यवस्थापन गरेको जनाएको छ । साथै सत्यतथ्य नबुझि सरकार विरोधीहरुले समाजमा भ्रम फैलाएको बताएको छन् ।

यस्तो छ गजुरी गाउँपालिकाले निकाले विज्ञप्ति

 

ताजा अपडेट

खोजी गर्नुहोस