ढोरपाटन महिला लिग भलिबल: एपीएफ, पुलिस र चितवन विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १८, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एपीएफ, नेपाल पुलिस क्लब र चितवन टाइगर्स विजयी भएका छन् ।

काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटनको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सेब स्कूललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपीएफले सेब स्कूललाई २५–१२, २५–१५ र २५–२० अङ्कले पराजित गरेको हो । अर्को खेलमा विभागीय टोली पुलिसले पश्चिमाञ्चललाई २५–१८, २५–२१ र २५–८ अङ्कले हरायो । तेस्रो खेलमा चितवनले सेब स्कूललाई २५–१५, २७–२५ र ३१–२९ अङ्कले हरायो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार सेब र दाङ, पुलिस र आर्मी, पश्चिमाञ्चल र एपीएफ तथा आर्मी र दाङबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार, दोस्रोले रु दुई लाख, तेस्रोले रु एक लाख, चौथाले रु ६० हजार, पाँचौँले रु ४० हजार, छैठौँले रु ३० हजार तथा सातौँ हुने टोलीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस