मिलन नेवार र पूर्ण लिम्बुको स्वरमा ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० भाद्र २, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

इटहरी । संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संखुवासभा सोसाइटी युकेको लगानिमा बनेको ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ बोलको उक्त म्युजिक भिडियो यही शनिबार युट्युब मार्फत सार्बजनिक गरिएको हो।

संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण लिम्बुले जानकारी गराए।

यहि श्रावण २७ गते युके र संखुवासभामा एकसाथ कार्यक्रम गरि म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका बेला पनि निकै मेहनत गरेको उनको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस