सन्दिपबिनै एसिया कप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् ।

नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

हिजो भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए ।

त्यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस