रूसको वाग्नर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ७, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद् ७, काठमाडौँ । रुसमा बुधबार एउटा विमान दुर्घटना भएको छ । यस दुर्घटनामा दश जनाको मृत्यु भएको बताइएको छ । यो विमान दुर्घटना मस्को र सेन्ट पिटर्सबर्ग बीच भएको थियो । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको पनि विमान दुर्घटनामा मृत्यु भएको छ ।

रुसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभगेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ । प्रिगोजिन बाहेक अन्य ६ जना यात्रु र तीन जना चालक दलका सदस्यको नाम पनि मृत्यु हुनेको संख्यामा परेको छ ।

रुसको टभर सहरमा प्रिगोजिनको विमान दुर्घटनामा परेको थियो । तर, विमानलाई गोली हानेर खसालेको हो वा हावामा नै विष्फोट भएको हो भन्ने खुल्न सकेको छैन । यो जुनमा रुस विरुद्ध वाग्नर समूहको असफल विद्रोह पछि मात्र यो स्पष्ट भयो कि यसका प्रमुख येभगेनी प्रिगोजिनलाई सजाय दिन सकिन्छ।

रुसी यातायात एजेन्सीले विमानमा मारिएका व्यक्तिहरूको सूचीमा वाग्नर समूहका सह(संस्थापक दिमित्री एटकिनको नाम पनि समावेश गरेको छ। टेलिग्राम च्यानल ‘ग्रे जोन’ ले पनि एटकिन मारिएको बताएको छ । ‘ग्रे जोन’ वाग्नर समूहसँग सम्बन्धित रहेको मानिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस