रेलमा आगलागी हुँदा भारतमा ८ जनाको मृत्यु, २० जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौँ । भारतको तमिलनाडुमा एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।
मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए । मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस