नेपालले चार देश सम्मिलित महिला टि२० आई सीरीजको फाइनल जित्न नेपालले १४.३ ओभरमा ६४ रन बनाउनु पर्ने भएको छ ।
हङककविरुद्धको आजको फाइनल खेल जित्न २० ओभरमा १०२ रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
अहिले वर्षाले रोकिएको खेलमा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाइसकेको छ । नेपालकी ओपनर काजल श्रेष्ठको विकेट शून्य रनमै आउट भएकी थिइन् ।ताजा अवस्थामा सीता रानामगरले १३ बलमा १३ रन तथा इन्बु वर्माले १९ बलमा १९ रन बनाएर खेलिरहेका छन् । नेपालले यो खेल जित्नका लागि १४.३ ओभरमा ६४ रन बनाउनु पर्नेछ ।
यदि वर्षाले आजको बाँकी खेल सम्भव नभएको खण्डमा आजको खेलमा नेपाल विजयी हुने छ । अहिलेको अवस्थामा डर्कवर्थ लेविसको नियम अन्तर्गत नेपालले कम्तिमा १७ रनले यो खेल जित्ने विश्लेषण गरिएको छ ।
यसअघि नेपालले टस जितेर पहिला बलिङ गर्दै हङकङलाई १०१ रनमै सिमित बनाएको थियो ।
रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् ।