सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १०, आईतबार (८ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौँ । क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । मुद्दा इजलासमा पेशी तोकिएकामध्ये पाँचौं नम्बरमा छ ।

लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको यु मुद्दामा पछिल्लो पटक न्यायाधीशले पीडित गौशाला २६ की आमाको जन्ममिति स्पष्ट हुने कागज मगाउँदै स्थगित गरेका थिए ।

उक्त कागज पेश भएपछि आज मुद्दाको पेशी तोकिएको हो । मुद्दाको टुङ्गो छिटै लाग्ने अपेक्षा गरिएको छ तर आज मुद्दा लम्बिए सन्दिप आजै बेलुकी पाकिस्तान जान सक्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस