सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र १०, आईतबार (८ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।

सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस