ट्याक्टर पल्टिँदा दुईको मृत्यु, पाँच घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २०, आईतबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २०, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्य चार जना गम्भीर घाइते भएका स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिए।

दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमै र सोही ठाउँका ५० वर्षीय बखत राईको उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस