कांग्रेसले भदौ अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदौ अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ ।

कांग्रेसले भदौ २४ गते परेको बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदौ २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरको सानेपामा महोत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरू अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, समावेशीता, सामाजिक रूपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शीर्षकमा समेत सत्रहरू चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उनको भनाइ छ ।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्व, बुद्धिजीवी, अध्येता तथा राजनीतिका साथै लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस