निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०,काठमाडौँ । लामो समयदेखि रिक्त रहेको दिल्लीस्थित नेपाली दूतावासले राजदूत पाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकीछिन ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन। संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेको आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो ।

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूत विहीन थियो ।

वि।सं।२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन । विद्यार्थी छँदा नै २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लागेका थिए।

आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री समेत बनेका थिए । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बने ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो । पछिल्लो समय राजनीतिमा निस्कृय रहेका आचार्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस