यूएईविरुद्ध नेपालको ब्याटिङ : ३ ओभरमै गुमायो ३ विकेट !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०,काठमाडौँ । यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले ३ ओभर सकिदा ३ विकेट गुमाएर ३० रन बनाएको छ ।

दुबईमा पानी परे पछि ढिला गरी सुरुभएको थियो ।

पानी परेका कारण खेल १० ओभरमा छोट्याइएको छ । नेपाल र यूएई दुवैले टी–२० मा एउटा एउटा खेल जितेका छन् ।

आजको खेल जिते नेपालले टी–ट्वान्टीमा पनि रेकर्ड राख्ने छ ।

आजको खेलमा पारस खड्का र पवन शर्राफले ओपनिङ गर्दै छन् । यसअघि ओपनिङ व्यायट्सम्यान र विकेट किपरको रुपमा प्रदीप ऐरी र विनोद भण्डारीलाई प्लेयिङ ११ मा राख्ने गरिएको थियो ।

यस अघी टी–२० मा प्रदीप नचलेपछि एक दिवसीयमा खेलेका विनोद आज टिममा परेका छन् । तर उनलाई आज ओपनिङ गर्न दिइएन ।

यस्तै भीम सार्की भने डेब्यु नगरी घर फर्कने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस