एशिया कप आजदेखि हुँदै, नेपालले पाकिस्तानको सामना गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौँ । आजदेखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ । एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन् ।

पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे(नाइट खेल नेपाली समय अनुसार अपराहन्न ३स् ४५ देखि शुरु हुदै छ । यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।

एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ । त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समुहमा रहेकाले नेपाली क्रिकेटप्रेमीहरुबीच चासो बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस