समाजवादी मोर्चाको गण्डकी प्रदेश संयोजन समिति घोषणा

भाद्र १४,काठमाडौँ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुको उपस्थितिमा पोखरामा सन्देश सभा गर्नु अघिल्लो दिन समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति घोषणा गरेको छ ।

४ वटा पार्टीका ३र३ जना सदस्यको सहभागिता रहने गरी माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संयोजन समितिको घोषणा गरेका हुन् । समितिको संयोजन सुरुमा माओवादी गण्डकी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले अध्यक्षता गर्नेछिन् ।

संयोजन समितिमा माओवादीबाट गायत्रीसहित ज्ञामनाथ गैरे र जगन्नाथ खनाल सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ सदस्य छन् ।

जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट राजन, दीपा र काजी सदस्य छन् । यसैगरी जिल्लामा हरेक पार्टीबाट २२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समितिहरु गठन गरिने सचिव पौडेलले जानकारी दिए ।

संयोजन समितिकै आयोजनामा पोखरामा शुक्रबार माओवादी केन्द्रको व्यवस्थापनमा सन्देश सभा राखिएको छ । सभामा प्रचण्डसहित पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Reply