गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र १७, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस