आजको शेयर बजार : नेप्से ३०.५६ अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र १७, आईतबार (८ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १७, काठमाडौँ । सेयर बजार आइतबार ३०.५६ अंकले घटेर १९६०.०३ अंकमा अडिएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो ।

धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो । पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले सेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।

यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्योरेन्स र सिटी होटेल परेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस