कोशी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १८, सोमबार (८ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।
आज पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुन लागेको हो । न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटको पेशी तोकिएको छ ।

यसअघि हिजो पेशी तोकिएको मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउने निर्णय भएको थियो । मुख्यमन्त्री थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस