आजको शेयर बजार : नेप्से ७.०४ अंकले बढ्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र १८, सोमबार (८ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौँ । सेयर बजार अन्तिम प्रहरमा सकारात्मक बनेर बन्द भएको छ । सोमाबार ७।०४ विन्दुले बढेर १९६७.८३ अंकमा आएको छ । आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।

यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ । ५ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस