नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १८,काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।

यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३र३ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस