माघ २१, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला जितेर कीर्तिमान बनाएको नेपाली टोली सोमबार स्वदेश फर्किँदै छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टीमा जित निकाल्दै नेपाली टोलीले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो ।
सुरुको खेलमा पराजित भएको नेपालले त्यसपछिका दुवै खेल जितेको हो । यसअघि नेपाली टोलीले युएईसँगको एकदिवशीय शृङ्खला २–१ ले नै जितेको थियो । जितसँगै नेपाली टोलीले एक दिवशीय र ट्वेन्टी–ट्वेन्टी शृङ्खलामा जितको कीर्तिमान बनाएको हो ।
Feeling proud by winning both ODI and T20I series against the @EmiratesCricket ! Top class effort from everyone. Well done to everyone. Congratulations to all. Now heading back to Brisbane to join my team @StarsBBL for the upcoming games in @BBL ! Thank you everyone. Jai Nepal🇳🇵 pic.twitter.com/AO0832B6lH
— Sandeep Lamichhane (@Sandeep25) February 3, 2019
नेपाली टोलीको जितमा महत्वपूर्ण भूमिका रहेका युवा खेलाडी सन्दीप लामिछानेले एक दिवशीय तथा ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खला जित्नु गर्वको कुरा रहेको बताएका छन् ।
उनले ट्वीट गरेर टिमका सबैको उच्चस्तरको प्रयासका कारण सफलता सम्भाव भएको उल्लेख गरेका छन् । उनी बिग बास लिगका लागि अस्ट्रेलिया जाँदै छन् ।
Amazing two weeks of cricket..
Very proud of the effort everyone has put in..
Hope to continue this ahead as well..
Thank you everyone for the love and blessings .!!
Jai Nepal ..!! pic.twitter.com/SEdDPHStfJ— Paras Khadka (@paras77) February 3, 2019
यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पछिल्लो दुई हप्ता क्रिकेटका हिसाबले उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।
जितपछि खड्काले ट्वीट गरेर टिमका सबै खेलाडीले गरेको प्रयास तथा कडा मेहनतले गर्वको क्षण आएको बताएका छन् । कप्तान खड्काले यस्तै यात्रा अघि पनि जारी रहने आश गरेका छन् । नेपाली टोली सोमबार दिउँसो ३ बजेपछि नेपाल आउँदैछ ।