सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २०, बुधबार (८ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस