काठमाडौं महानगरपालिकामा भोलि शोक बिदा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० भाद्र २१, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया ९भाइरल निमोनिया० भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस