‘नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २१, लमही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्ने बताएका छन् । दाङ गढवाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आइतबार चौथो साधारणसभामा मन्त्री बरालले पछिल्लो समय नयाँ पुस्ताले पठन संस्कृति बिर्सिदै गएकाले उनीहरुलाई पुरानो पुस्ताले पठन संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

“पछिल्लो समय प्रविधिको प्रयोगका कारण नयाँ पुस्ताले पढ्न छाडे”, उनले भने। पछिल्लो समय प्राविधिक शिक्षा पढ्नेको लहर बढिरहेकाले देउखुरी क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट पहल थाल्ने मन्त्री बरालले बताए।

नागरिकता वितरण

राजपुरमा आइतबार घुम्ती शिविरमा ६६ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा वडा नं ६ को गङ्गदीमा नागरिकता वितरण गरिएको हो । वडा नं ४ देखि ७ सम्मका सेवाग्राहीले सेवा लिएका थिए । जिल्ला प्रशासन कार्यालयको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गर्र्न शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। आज राजपुर गाउँपालिका– ३ प्रतापपुरमा शिविर सञ्चालन गरिनेछ । वडा नं १, २ र ३ का लागि सो शिविर सञ्चालन गर्न लागिएको हो ।
रासस

ताजा अपडेट

खोजी गर्नुहोस