आजको शेयर बजार : नेप्से १०.२३ अंकले बढ्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २४, आईतबार (७ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौँ । निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ । भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो ।

यद्यपि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस