क्रिकेट खेलाडीलाई विमानस्थलमा रातो कार्पेट ! जनही ५ लाख दिन सिफारिस गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २१,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’
नेपालले हालै मात्र यूएईसविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेको थियो ।

क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत

यूएईविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिएको छ ।

पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो । यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस