आफ्नै मैदानमा वेष्टहृयामसँग रोकियो लिभरपुल !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २२, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २२,काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुल वेष्टहृयामसँग रोकिएको छ ।

लिभरपुलले सोमबार राति वेष्टहृयामसँग उसैको मैदानमा १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । वेष्टहृयामसँग बराबरी खेलेसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दूरी फराकिलो बनाउने अवसर पनि गुमाएको छ ।

खेलको २२औं मिनेटमा नै साडियो मानेको गोलबाट अग्रता बनाएको लिभरपुलले यो अग्रता धेरै बेरसम्म जोगाइ राख्न सकेन । २८औं मिनेटमा नै मिचाइल एन्टोनियोले गोल गर्दै वेष्टहृयामलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा दुबै टिमले १/१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा एकपछि अर्को आक्रमक खेल खेलेपनि लिभरपुलले गोल गर्न भने सकेन । ७३ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा पारेको लिभरपुलले वेष्टहृयामसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ६२ अंक भएको छ । वेष्टहृयामको समान खेलबाट ३२ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ५९ अंक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस