प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति शीसँग असोज ६ गते हाङजाओमा भेटवार्ता गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (७ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने जानकारी दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर चीन जाने जानकारी गराउँदै राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता गर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते अमेरिकाबाट सिधै चीन जाने तय भएको हो । प्रचण्डले ६ गते चीनका राष्ट्रपति शीसँग भेट्ने र सोही दिन एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने तय भएको हो ।

‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर ९असोज ८ गते० बेइजिङमा भेट हुनेछ,’ प्रधानमन्त्रीले संसदलाई जानकारी गराउँदै भने ।

कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुने प्रधानमन्त्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस