सांसद राजेन्द्र पाण्डेको अगुवाईमा धादिङमा खुल्दै क्यान्सर रिसर्च सेन्टर (भिडियोसहित)

Post Thumbnail

भाद्र ३१,धादिङ । थाक्रै गाँउपालिका वडा नम्बर १ मा प्रस्तावित राजमार्ग क्यान्सर रिसर्च सेन्टर बिर्ताचौरको धादिङ क्षेत्र नम्बर १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थलगत निरिक्षण गरेका छन् । राजमार्गमा क्यान्सर जन्य रोगको अध्ययन,अनुसन्धान र उपचार गर्नको लागि क्यान्सर रिसर्च सेन्टरको परिकल्पना गरिएको पाण्डेले बताए । अहिले रिसर्च सेन्टरको जग्गा सम्याउने र मिलाउने काम भएको छ । अब रिसर्च सेन्टरको लागि आवश्यक संरचना बनाउन समिती निर्माण र ५१ जना सदस्य रहने गरी क्यान्सर रिसर्च सेन्टर परिषद बनाउने तयारी भैरहेको पाण्डेले बताए ।

उनले भने-हामीले सुरुमा यो जग्गा राजमार्गमा हुने दुर्घटनापश्चात उपचार गर्ने ट्रमा सेन्टर बनाउने योजना अनुरुप जग्गा लिएका थियौँ । तर दुर्घटनापछि उपचार छिटो र छरितो बनाउन राजमार्गसंगै जोडिएको जग्गा भएको भए उपयुक्त हुन्थ्यो यो जग्गा ५\६ सय मिटर माथी रहेकोले त्यो सम्भव भएन , अब यसलाई सबै मिलेर क्यान्सर रिसर्च सेन्टर बनाउन लागेका छौँ ।’

बिर्ताचौरमा त्यसबेला दुर्घटना पिडित उद्धार संघको नाममा १० रोपनी जग्गा किनिएको थियो । पछिल्लो समय नेपालमा क्यान्सरजन्य रोग बढिरहेको र यसको अध्ययन,अनुसन्धान र उपचारको लागि विशेष किसिमको रिसर्च सेन्टर आवश्यकता रहेको पाण्डेको भनाई छ । स्थलगत अवलोकनमा पाण्डेसंगै गल्छि गाँउपालिकाका पुर्व अध्यक्ष कृष्णहरी श्रेष्ठ,धुनिवेशी नगरपालिकाकी पुर्वउपप्रमुख निरु खरेल,जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य,समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष नवराज छत्कुली,थाक्रे १ का वडा अध्यक्ष श्याम थापा लगायतको उपस्थिती रहेको थियो ।

राजेन्द्र पाण्डे खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र जनताको सहज पहुँच हुनपर्छ भन्ने मान्यता बोक्ने नेताको रुपमा चिनिन्छन् । उनकै नेतृत्वमा काठमाडौँमा मनमोहन मेमोरियल शिक्षण अस्पताल संचालनमा छ भने मलेखुमा राजमार्ग सामुदायिक अस्पताल संचालनमा रहेको छ । उनी गजुरी आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष समेत रहेका छन् । पछिल्लो समय पाण्डेले नयाँ योजनाको रुपमा राजमार्गमा क्यान्सर रिसर्च सेन्टर स्थापना गर्ने लक्ष्य लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस