आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र ३१, आईतबार (७ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस