संवैधानिक परिषदको बैठक आज : प्रधान न्यायाधीशको नाम सिफारिस हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ जेष्ठ २९, मंगलबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस